चर्चित भ्रष्टाचार काण्डका फाइलको विस्तृत विवरण चाहिन्छ : सांसद केसी

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार १५:५४

मकवानपुर । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गर्नुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले यस्तो माग गर्नुभएको हो । उहाँले आगामी बैठक बस्नु अगावै समित सचिवालयले चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण समितिका सदस्यहरुलाई दिनुपर्ने बताउनुभयो ।

सांसद केसीले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभइ जानकारीका लागि पनि समितिले सो फाइलहरु उपलब्ध गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले समितिमा आएका अनियमितताका प्रकरणहरु थन्क्याएर राख्नु संसदको समितिको अपमान हुने बताउनुभयो । उहाँले संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई नरहेको बताउनुभयो ।

सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*