दूधमा अनुदान रकम नदिएपछि हेटौंडामा रहेको कृषि मन्त्रालय घेराउ

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार १५:३८

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई दिदै आएको अनुदान रकममा कटौती गरेको भन्दै आज मन्त्रालयमा चितवन जिल्लाका किसानहरुले घेराउ गरेका छन् ।

स्थानीय सरकारले पनि चितवनका किसानलाई दूधमा अनुदान रकम दिएको भन्दै प्रदेशको पशुपन्छी विकास निर्देशनालय हेटौंडाले दूधमा अनुदान रकम नदिएको भन्दे आज बस रिजप गरेर हेटौंडामा आइपुगेका किसानहरुले कृषि मन्त्रालय घेराउ गर्दै मन्त्रीको राजिनामा समेत माग गरेका छन् ।

कृषि मन्त्रीका विरुद्धमा नाराबाजी गदै बिभीन्न दुग्ध सहकारीबाट आएका किसानहरुले मन्त्रालयमा घेराउ गरेर धर्ना दिएका हुन् । मन्त्रालयको मुल गेटबाट अरुलाई छिर्न समेत नदिएर घेराउ गरेका हुन् । चालु आर्थिक वर्षमा आउनुपर्ने रकम नदिएको भन्दै चितवन जिल्लाका दुग्ध उत्पादन किसानहरुले बागमती प्रदेशको कृषि मन्त्रालयमा धर्ना दिएका छन् ।

प्रदेश सरकारले चितवनका ३ स्थानीय तहका दुग्ध उत्पादक किसानलाई दुधमा दिँदै आएको अनुदान रोकेको किसानहरुको आरोप छ । यता कृषि मन्त्रालयले भने दोहोरो अनुदान परेकाले अनुदान रकम रोकिएको जनाएको छ । सम्वन्धीत स्थानीय सरकारले पनि दूधमा अनुदान दिने र प्रदेश सरकारले पनि अनुदान रकम दिदा महालेखा परिक्षकको कार्यालयले दोहोरो अनुदान दिएको भनेर प्रश्न उठाएपछी प्रदेश सरकारले अनुदान रकम रोकेको हो । प्रदेश सरकारले दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिँदै आएको छ । स्थानीय सरकारले पनि दूध उत्पादनको आधारमा किसानहरुलाई थप अनुदान दिँदै आएको जनाएको छ ।

उनीहरुले दुग्ध उत्पादन किसानहरुले प्रदेश सरकारले रोकेको रकम दिनुपर्ने माग गरेका छन् । माग सम्बोधन नभएसम्म आफुहरुले कार्यक्रमलाई निरन्तरता दिने किसानहरुले बताएका छन् । उनीहरुले किसान मार्न पाईदैन, कृषि मन्त्री राजिनामा दे, किसान ठग्न पाइँदैन, दूध उत्पादन अनुदान कायम गर भन्दै नारा लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*