राष्ट्रिय सभाको बैठक एमालेको अवरोधका कारण आइतबार पनि स्थगित

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार १२:०९

मकवानपुर । नेकपा एमालेका सांसदहरुको अवरोधका कारण आइतबार पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसदका दुवै सदनमा अवरोध पुर्‍याउँदै आएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकको सुरुमा एमाले सांसद भगवति न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय इसारामा चलेको भन्दै विरोध जनाएकी थिएन । उनले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सभाको अवरोध निरन्तर रहने पनि बताइन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले सांसदहरुलाई पटक–पटक बस्न आग्रह गरेपनि उनीहरुले अबरोध जारी गरेपछि बैठक स्थगित भएको छ। बैठक निरन्तर चार दिनदेखि अवरोध कायम छ।

अर्को बैठक सोमबार बिहान ११ः१ बजे बस्ने जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले आइतबारको बैठक स्थगित गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*