दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी : एमाले अध्यक्ष ओली

बकैया दर्पण संवाददाता
२४ असार २०८०, आईतवार ११:५६

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवारी दुर्घटनाका विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान जरुरी देखिएको बताएका छन्।

पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको भन्दै उनले सो आवश्यकता दर्शाएका हुन्।

‘दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*