हेटौंडामा सडक विस्तारका विषयमा छलफल

सडक क्षेत्रका घर भत्काउने सडक डिभिजनको दावी
बकैया दर्पण संवाददाता
२३ असार २०८०, शनिबार १२:४५

हेटैंडा । पूर्वपस्चिम राजमार्ग अन्तरगत हेटौंडाको बजार क्षेत्रको सडक विस्तारका विषयमा आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफल भएको छ । छलफलका क्रममा डिभिजन सडक कार्यालय हेटौंडाले पत्रिकामा निकालेको सूचनाको समय सिमामा घर नभत्काएमा आफुहरुले भत्काउने बताएको छ ।

यता मकवानपुर उद्योग बाणिज्यसंघले भने बिना मुआब्जा घरहरु भत्काएमा त्यसको प्रतिकारमा उत्रने धम्की दिएको छ । कार्यक्रममा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश कुमार यादवले यस पटक संघीय सरकारले सडक विस्तारका लागि बजेट पनि छुट्याएकाले हेटौंडाको रातोमाटे देखि मेनरोड, सिमाचोक, बुद्धचोक, रापतीरोड, रापती पुल सम्मको सडक सिमाको २५ गज सडक विस्तार गरिने बताउनुभयो ।

छलफल कार्यक्रमका क्रममा र मकवानपुर उद्योग बाणिज्यसंघ आफैले गरेको पत्रकार सम्मेलनमा पनि अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले घरधनी र व्याबसायीहरुलाई उचित क्षतिपूर्ति बिना घर भत्काउन आएमा प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राखेको सवैपक्षिय छलफलमा सडक विस्तार गर्ने र मुआव्जा माग्नेहरुका कारण चर्काचर्की परेको छ । बैठकमा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुँइटेल, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, सडक डिभिजन हेटौंडाका प्रमुख राजेश कुमार यादव, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता, केन्द्रीय सदस्य कृष्ण कटुवाललगायत सडक सीमाका घरधनीहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले आफुहरुपनि सडक विस्तारको पक्षमा रहेको तर राज्यले उचित क्षतिपुर्ति र मुआब्जा दिनुपर्ने, बाईपास निर्माण गरेर हेटौँडालाई सडकको बिचबाट दाँयाबाँया १६–१६ मिटर सडक फराकिलो बनाउन सकिने अवधारण समेत प्रस्तुत गर्नुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामाले यो पटक हेटौँडा सडक बिस्तार भएरै छाड्ने दाबी गर्नुभयो । यो विषयलाई थप गिजोलेर समस्या नथप्न उहाँले अनुरोध समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*