आइतबारसम्म प्रतिनिधि सभाको बैठक स्थगित

बकैया दर्पण संवाददाता
२२ असार २०८०, शुक्रबार १५:४२

मकवानपुर । प्रतिनिधि सभाको आज अपराह्न बस्ने गरी बोलाइएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक संचालन हुन दिएको छैन ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधि सभाको बैठक चल्न नदिने बताएको थियो । एमालेको अडानका कारण सभामुखकै आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*