महामन्त्री शर्माले भने, ‘गल्ती प्रधानमन्त्रीकै हो’ 

बकैया दर्पण संवाददाता
२१ असार २०८०, बिहीबार ११:४३

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको गल्ती औंल्याएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसद्‌ले चयन गर्छ र गर्ने हो। मित्रराष्ट्रहरुलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।

उनले प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको रहेको उल्लेख गरेका छन् । साथै शर्माले सत्तारूढले नै प्रश्न गरेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीको त मुल कर्तव्य नै भएको बताएका छन् । उनले प्रतिपक्षको आवाजप्रति ऐक्यवद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*