कोशी प्रदेशका मुख्यमन्त्रीद्धारा आफूलाई विश्वासको मत दिन आग्रह

बकैया दर्पण संवाददाता
१५ असार २०८०, शुक्रबार १३:३८

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

विश्वासको मत लिनुअघि शुक्रबारको प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गर्नुभएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार प्रदेशसभाको बैठक बसेको हो । मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो । शुक्रबारको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ । कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत निुपर्ने अवस्था आएको हो ।

कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्र्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ ।

कार्कीलेलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*