आजबाट प्रथम प्रदेश युवा सम्मेलन हेटौंडामा हुँदै

बकैया दर्पण संवाददाता
११ असार २०८०, सोमबार १०:३९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रथम प्रदेश युवा सम्मेलन हुने भएको छ । सम्मेलन बागमती प्रदेश युवा परिषद्को आयोजनामा हुने भएको हो ।

आज र भोलि गरी दुई दिन संचालन हुने प्रथम प्रदेश युवा सम्मेलनको सबै तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणाअनुसार १ सय ५० युवाले सहभागिता जनाउनेछन् । प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत् सिफारिस भई आएका ७५ जना, अनलाइनमार्फत आवेदन दिएकामध्ये ६० र १५ जना सरोकारवाला संघ, संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका छन् ।

सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यक छनोट भएको प्रदेश युवा परिषद्का उपाध्यक्ष चौलागाईँले बताए ।

सम्मेलनको उद्घाटन सामाजिक विकास मन्त्री कुमारी मुक्तानले र समापन प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*