कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०८०, सोमबार ०६:५४

मकवानपुर । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ । प्रदेश सभामा प्रदेश प्रमुख तिलक परियारले आज आइतवारकाे बैठकमा आउँदाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले वार्षिक १० हजार जनालाई रोजगारी दिने उद्देश्य अनुरूप कर्णाली समृद्धिका लागि अभियान सञ्चालन गरिने बताउनुभयो । यसअघि कार्यान्वयनमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुनः ल्याएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको विषयलाई हटाउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*