आज १६ औँ गणतन्त्र दिवस मनाइँदै

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०८०, सोमबार ०८:५९

मकवानपुर । आज सोमबार १६ औँ गणतन्त्र दिवस देशैभर मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले वि सं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

आज लामो इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो । पहिलो संविधान सभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन संचालन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*