पुष्पकमल दाहाल : ‘भ्रष्टाचार विरुद्धकाे लडाइँमा हाम फालिसकेका छौँ, कतिबेला एम्बुसमा पर्छाैँ थाहा छैन’

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८०, शनिबार १६:०९

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनयुद्धमा जसरी भ्रष्टाचार विरुद्ध लागेकाले कतिबेला जाेखिममा परिने हाे भन्ने थाहा नभएकाे बताउनुभएकाे छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी  अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौँ । हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौँ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा पनि साथ दिने दाबी गर्नुभयाे । उहाँले केही सयमभित्र भ्रष्टाचार विरुद्ध ठूला ठूला ‘एक्सन’ हुन लागेको पनि बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*