आज बागमती प्रदेश सरकारले पूर्णता पाउँदै, ६ मन्त्री थपिने

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार १५:३३

मकवानपुर । बागमती प्रदेश सरकारले पूर्णता पाउने भएको छ । एउटा मन्त्रालय थप्दै ६ जनालाई मन्त्री नियुक्त गरेर शालिकराम जम्कट्टेल नेतृत्वले पूर्णता पाउन लागेको हो । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेल सरकारले ४ महिनापछि पूर्णता पाउन लागेको हो । आज प्रदेश प्रमुखले थप हुने मन्त्रीलाई ३ बजे सपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।

आज आइतबार नेपाली काँग्रेसका ४ र नेकपा एकीकृत समाजवादीका २ गरी ६ जना मन्त्री थपिँदैछ । ६ जना मन्त्री थपिएपछि बागमती प्रदेश सरकारमा १२ जना मन्त्री हुनेछ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहनुभएका रामकृष्ण चित्रकारलाई थप हुने मन्त्रालयको मन्त्री तोकिने बताइएको छ । काँग्रेसबाट पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्री, मसिना खड्का वन तथा वातावरण मन्त्री नियुक्त हुने बताइएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट डा। राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बन्नुहुनेछ । यसअघि गंगा नारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, कुमारी मुक्तान सामाजिक विकास मन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री, बहादुर सिं लामा (तामाङ्) आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ बहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*