हेटौंडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता सम्पन्न

बकैया दर्पण संवाददाता
७ जेष्ठ २०८०, आईतवार ०९:५९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको समन्वय तथा व्यवस्थापनमा हेटौँडामा बृहत उद्यमशिलता प्रदर्शनी तथा अन्तर वडा स्तरिय नृत्य प्रतियोगिता भएको छ ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा उद्यमशिलता प्रदर्शनीमा हेटौंडाका महिलाहरुले उत्पादन गरेका १९ वटा स्टलमा सामाग्रीहरु राखिएको थियो । त्यसैगरी हेटौंडाका १७ वडाको सहभागिता रहेको नृत्य प्रतियोगितामा स्थानिय कला र संस्कृतिको सम्बर्दन गर्ने गरि अत्यन्यै रमाईलो ढंगले प्रतिभा प्रस्तुत गरेका थिए ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य प्रतियोगिता कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले विकासको स्वरुप फेरिएको बताए । सडक मात्र विकास भन्ने आम धारणालाई यस्ताखाले कार्यक्रमले बदल्ने उनले बताए । कार्यक्रममा बागमती प्रदेशका पुर्व मन्त्री एकालाल श्रेष्ठले स्थानीय स्तरका उत्पादनलाई यस्ताखाले प्रर्दशनीले बजारीकरणमा सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले स्थानिय रूपमा उत्पादित वस्तुहरूको प्रर्वद्धनमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै आगामी दिनमा उपमहानगरपालिकाले उप्पादित वस्तुहरूको बिक्रि र बजारीकरण गर्ने सन्दर्भमा थप कार्यक्रमहरू आगामि बजेटमा समावेस गरि अगाडि बढ्ने जानकारी दिईन् ।  कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले आफ्नो वडामा विकास निर्माणका काम संगै यस्ता महत्वपूर्ण काम गरेर हरेक क्षेत्रको विकासमा जोड दिने धारणा ब्यक्त गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईं, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरू लगायत मकवानपुर जिल्लामा रहेका विभिन्न संघ संस्थाहरूको प्रमुख एवम प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उध्यमशिलता तर्फ वडा नम्बर हेटौंडा ५ प्रथम, वडा नम्बर ४ दितिय, वडा नम्बर ६ तृतिय, वडा नम्बर २ र १९ क्रमशः सान्त्वना भएका थिए । पुरस्कृत हुने वडाहरूलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो भने नृत्य तर्फ वडा नम्बर १८ प्रथम, वडा नम्बर १० दितिय, वडा नम्बर २ तृतिय, वडा नम्बर ११ र ५ क्रमशः सान्त्वना थिए । पुरस्कृत हुने वडाका टिमहरूलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३५ हजार, २० हजार र १०/१० हजार प्रदान गरीएको नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रममा गित संगितको माध्यामबाट सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गर्नुहुने गायक एवम् संगितकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार र सम्मान पत्र सहित श्रस्टा सम्मान गरीएको छ ।

कार्यक्रममा लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुती रहेको थियो । कार्यक्रम नगर भरीका विभिन्न टोल विकास संस्था, विभिन्न संघ संस्थाका गरी ५ हजार भन्दा वढी व्यक्तिहरूले अवलोकन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*