तीन दिनभित्र माग पूरा नभए सरकार छाड्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

बकैया दर्पण संवाददाता
३ जेष्ठ २०८०, बुधबार १५:५७

मकवानपुर । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नभए सरकार छाड्ने चेतावनी दिएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिनुभयो । उहाँले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले सरकारलाई बुझाएको लाल आयोग, देवीलाल शर्माको प्रतिवेदन सरकारले किन सार्वजनिक नगरेर रोकेको हो भन्दै प्रश्न गर्नुभयो । उहाँले रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले निर्दोष भएको बताउनुभयो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको हिजोको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला सदर गरेको थियो । यसको विरोधमा नागरिक उन्मुक्तिले तीनदिन भित्र माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*