बागमती प्रदेश सभाको बैठक आह्वान

बकैया दर्पण संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०६:५०

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक भोली बैशाख १२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, बैठकमा प्रदेशस्तरको शिक्षा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको नयाँ विधेयक २०८० र प्रदेश सरकारद्वारा केही महिना अघि अध्यादेशद्वारा जारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापित गरी नयाँ ऐन पारित गर्ने लक्ष्यका साथ विधेयकलाई दफावार छलफल गरी पारित गर्ने तयारी गरिएको छ ।

प्रदेश सभाको बैठक गत चैत्र १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपश्चात अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*