महालेखा परीक्षकको प्रतिवेदन बागमतीका प्रदेश प्रमुखलाई बुझाइयो

बकैया दर्पण संवाददाता
६ बैशाख २०८०, बुधबार १६:५९

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई महालेखा परीक्षक कार्यालयले आज बुधबार पाँचौं वार्षिक प्रतिवेदन बुझाएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाही समेटिएको वार्षिक प्रतिवेदन महालेखाका नायव महालेखापरीक्षक बालकृष्ण थापाले प्रदेश प्रमुख शर्मालाई बुझाउनुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले प्राप्त प्रतिवेदनले वित्तीय सुशासन कायम गर्न प्रभावकारी भूमिकाका लागि सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समयमै प्रतिवेदन पेश गरेकोमा खुशी व्यक्त गर्दै प्रमुख शर्माले सरकारी कार्यालयमा बढ्दो बेरुजु घटाउन विधी अनुसार चल्न, सही समयमा कार्य सम्पादन गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव पनि दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*