हेटौंडाकी विन्दबासिनी कंशाकारलाई सांसद बनाउने रास्वपाको निर्णय

बकैया दर्पण संवाददाता
३० चैत्र २०७९, बिहीबार ०९:५०

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडाकी विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । सांसद ढाकाकुमार श्रेष्ठ अडिओ प्रकरणमा मुछिएपछि उनको स्थानमा रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ केहीदिन अघिमात्रै सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*