बालकृष्ण पुडासैनी पुडासैनी मैत्री समाज मकवानपुरको पुनः अध्यक्षमा चयन

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार १२:४६

मकवानपुर । पुडासैनी मैत्री समाज मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण पुडासैनी चयन भएका छन् । समाजको शनिवार हेटौंडामा सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष बालकृष्णको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा दिपक पुडासैनी, उपाध्यक्षमा यतिन्द्र पुडासैनी, महासचिवमा प्रल्हाद पुडासैनी, सचिवमा बलराम पुडासैनी, सह–सचिवमा कृष्णकला पुडासैनी र कोषाध्यक्षमा रमेश पुडासैनी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमश गोकर्ण पुडासैनी, सुजन पुडासैनी, विनोद पुडासैनी, जयराम पुडासैनी, नविन पुडासैनी, रमेश पुडासैनी, राजकुमार पुडासैनी, छलप्रसाद पुडासैनी, चुँडामणी पुडासैनी, केशव पुडासैनी, राजु पुडासैनी, हरिशरण पुडासैनी, केदारप्रसाद पुडासैनी, गंगादत्त पुडासैनी, सुनिता पुडासैनी र गोमा पुडासैनी चुनिएका हुन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सल्लाहकार तथा निर्वाचन समितिका संयोजक गोविन्द पुडासैनीले पद र गोपनीयताको सपथ गराएका थिए ।

सो अवसरमा समाजका क्रमश केन्द्रीय अध्यक्ष दिपक पुडासैनी, उपाध्यक्ष विनोद पुडासैनी, सदस्यहरु अर्जुन पुडासैनी, केशव पुडासैनी, रामचन्द्र पुडासैनी, मोहन पुडासैनी र प्रेम पुडासैनीको उपस्थिति रहेको थियो । अधिवेशनमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी र भीमफेदी गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष प्रकाश पुडासैनीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*