पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी

बकैया दर्पण संवाददाता
१६ चैत्र २०७९, बिहीबार १०:३७

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघको ६८ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो क्रममा महासंघ मकवानपुर शाखाका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारीले सम्पूर्ण पत्रकारको अधिकारका लागि महासंघ सदैब लागि परिरहेको बताउनुभयो । उहाँले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत उल्लेखनीय उपलब्धी प्राप्त हुनुमा पत्रकारिता क्षेत्रको भूमिका महत्व भएको बताउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रले वर्तमान अवस्थामा आम नागरिकहरुको विश्वसनीयता गुमाउँदै गएकोमा दुःख व्यक्त गर्दै गुमेको विश्वास आर्जन गर्न जिम्मेवार र उत्तरदायी भएर पेशामा क्रियाशील हुन सबै पत्रकारलाई आह्वान गर्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*