मकवानपुरको हात्तिसुडेँमा ट्याक्टर दुर्घटना : दुई जना घाइते

बकैया दर्पण संवाददाता
१४ चैत्र २०७९, मंगलवार १०:३९

मकवानपुर । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–३ हात्तिसुडेँमा ट्याक्टर दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । आज बिहान हात्तिसुडेस्थित हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट जुरेलीतर्फ आउदै गरेको प्रदेश २ को ०३ ००१ त ३१७२ नम्बरको ईन्जिनको भाग मात्र रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टी दुर्घटना हुदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा ट्याक्टर चालक बकैया ४ जुरेली बस्ने २० वर्षिय बिजय तामाङ र सोही ठाउँका ३९ वर्षिय नवराज स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*