सरकारले किसानका ढाड सेकिनेगरि मलमा मुल्य वृद्धी गरेको छः साँसद बर्तौला

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार ०७:४५

काठमाण्डौं, मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंं २ बाट निर्वाचित साँसद महेश बर्तौलाले सरकारले किसानको ढाड सेकिनेगरि मलको मुल्य वृद्धी गरेका बताउनु भएको छ । आज प्रतिनिध सभाको बैठकमा बोल्नुहुँदै साँसद बर्तौलाले मकवानपुरे जनताको तर्फबाट दुई प्रश्न सरकारलाई सोध्नु भएको थियो । उहाँले “यो सरकार कस्को हो ? यो सरकार कस्को लागि काम गरिरहेको छ ? नेपालका किसानहरुलाई एक बोरा मल समेत समयमा उपलव्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरि, ढाड भाँचिने गरि मलमा वृद्धी गरेको छ । मलमा दिंदै आएको अनुदान कटौती गरेको छ ।

कहिले सम्म सरकार स्वयम्बाट नेपालका किसानहरुले ज्यादती पुर्ण अन्याय सहनुपर्ने हो ?” भनि सरकालाई पहिलो प्रश्न गर्नु भएको थियो । साँसद बर्तौलाले आज सदनमा तेस्रो पटक बोल्नु भएको हो र उहाँले प्रत्यक पटक जनताका समस्या सदनमा उठाईरहनु भएको छ । दोश्रो प्रश्नको रुपमा उहाँले “अव्यवस्थीत बसोबासी, गरिव, भुमिहिन, सुकुम्वासीले लामो समयदेखी जग्गाधनी पुर्जा पाउन सकेको छैनन् ।

उनिहरुको हातमा जग्गा धनी पुर्जा प्राप्त गर्नको लागि उनिहरुले कहिले सम्म कुर्नुपर्ने हो ?” भनेर सरकारलाई प्रश्न गर्नु भएको छ । साँसद बर्तौला नेकपा (एमाले) संसदीय दलको सचेतक हुनु भए पछि आज पहिलो पल्ट सदनमा बोल्नु भएको हो ।

शुन्य समयमा प्राप्त एक मिनेटको समयमा साँसद बर्तौलाले शमकवानपुरको र सिंगो देशकै साझा समस्लाई उठान गराउनु भएको हो । साँसद बर्तौलाको निर्वाचन क्षेत्रमा अधिकाँस क्षेत्र कृषिमा निर्भर छन् । मकवानपुरको थाहा नगर तथा ईन्द्रसरोवर गाउँपालिकोले काठमाण्डौको कालिमाटी तरकारी बजारमा काउली, आलु, मुला, खोसार्नी जस्ता तरकारीको माग पुरा गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*