आजदेखि स्ववियु निर्वाचनकाे प्रक्रिया सुरू

बकैया दर्पण संवाददाता
१९ फाल्गुन २०७९, शुक्रबार १०:२४

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गर्न लागेको हो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएकाे छ  ।

यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन हुने विश्वविद्यालयले जनाएकाे छ । नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दावी विरोध गर्न पाइने भएकाे छ ।

दावी विरोधमाथि छानविन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका समेत तय गरिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*