प्रदेश १ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार ०९:३५

मकवानपुर । प्रदेश १ को संसद बैठक बुधबार बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ ।

पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश १ को संसद्ले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास गर्ने भएको छ ।

अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि नाम टुंगिन सकेको थिएन । अरु सबै प्रदेशको नामाकरण भइसकेको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुङ्गो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा नेकपा (एमालें को ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादीं को ४ र जसपाको १ जना सांसद छन् ।

सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्व सहमतिमा नामकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*