फागुन २५ को प्रतीक्षामा बागमतीमा एमाले

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०७९, बुधबार ०७:५६

मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) तत्काल अलग नहुने भएको छ ।

एमालेले बागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो । केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने जनाएको छ । राप्रपाले जस्तो एमालेले निर्णयमा प्रदेशबारे बोलेको छैन । एमाले राष्ट्रपति निर्वाचन (फागुन २५) सम्मको प्रतीक्षामा देखिएको छ ।

एमालेको यस्तो निर्णयले सत्तामा जान तम्तयार देखिएका नेपाली कांग्रेस र एकीकृत समाजवादीको यात्रामा राष्ट्रपति निर्वाचनसम्मका लागि ब्रेक लागेको छ ।

राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछाड्ने एमालेको निर्णय भए पनि सोमबार नै केन्द्रीय तहमा भने एमालेले सरकार छाडिसकेको छ । केन्द्रको निर्देशन कुरेर बसिरहेका प्रदेशका मन्त्रीहरू सत्तामा रहने कि सत्ताबाहिर रहने भन्ने विषयमा अन्योलमा छन् । यद्यपि, केन्द्रीय निर्देशन प्राप्त भए एमालेका मन्त्रीहरू तत्काल सरकार छाड्ने विषयमा सकारात्मक देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*