खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालकाे घाेषणा

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०७९, मंगलवार १७:४०

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ ।

मङ्गलवार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे घाेषणा गर्नुभएकाे हाे । उहाँले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ । खेल क्षेत्रमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेको भन्दा गुणात्मकरूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

च्यासल रङ्गशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रङ्गशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*