रिद्धिसिद्धि सिमेन्टको मनहरी बहुमुखी क्याम्पसलाई सहयोग

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १८:५१

मकवानपुर । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको मनहरी– ८ स्थित सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीका अनुसार ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहितका शैक्षिक सामग्री क्याम्पसलाई सहयोग गरिएको हो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई उक्त सामग्री सहयोग गरिएको बताए । यो सहयोगबाट मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरु लाभावन्वित हुने उनको विश्वास थियो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओमबहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक धन्यवाद दिंदै उद्योग सञ्चालन र विकासका लागि सो भेगका जनताले सहयोग गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*