स्वास्थ्य क्षेत्रमा क्रियाशील हुन राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह

बकैया दर्पण संवाददाता
९ फाल्गुन २०७९, मंगलवार १५:३८

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नती र दक्ष जनशक्ति उत्पादनको लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेका छन् ।

उक्त प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित तीन तल्ले भवनको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुराको अग्रह गरेका हुन् । उनले आम नागरिकलाई गुणस्तरीय सुलभ, स्वास्थ्य उपचार सेवा पुर्याउन अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरुलाई आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गरे । स्वास्थ्यको अनुसन्धान एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात गरी स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकलाई उपचार विधिमा विश्वस्त तुल्याउनुपर्ने बताइन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुपर्ने उल्लेख गर्दै अहिले कोभिड–१९, डेंगु, हैजा जस्ता रोगहरुको संक्रमणले चुनौति थपिएकोले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउनुपर्ने सुझाव दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*