पूर्वकर्मचारी परिषद्को बागमती प्रदेश अध्यक्षमा मकवानपुरका तीर्थराज पराजुली

बकैया दर्पण संवाददाता
९ फाल्गुन २०७९, मंगलवार ०९:३७

मकवानपुर । पूर्वकर्मचारी सेवा परिषद् नेपालको बागमती प्रदेशको संयोजकमा मकवानपुरका तीर्थराज पराजुली चयन हुनुभएको छ । सोमबार हेटौंडामा भएको भेलाबाट पराजुलीको संयोजकत्वमा ११ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा श्यामप्रसाद सुवेदी, सचिवमा गोविन्दप्रसाद प्याकुरेल, कोषाध्यक्षमा अधिवक्ता ललिता श्रेष्ठ, सहसचिवमा बालमुकुन्द ढकाल चयन हुनुभएको छ । सदस्यमा ईश्वरप्रसाद ढकाल, गिरिजाकुमारी खड्का, रामआधार पाण्डे, मधु मिश्र, बिष्णुप्रसाद पौडेल, केशवप्रसाद ढोडरी चयन हुनुभएको छ ।

यसअघि पूर्वकर्मचारी सेवा परिषद् नेपालका अध्यक्ष बालकृष्ण प्रसाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रहितमा पूर्वराष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोगसम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा परिषद्का केन्द्रीय अध्यक्ष प्रसाईं, उपाध्यक्ष रामबाबु नेपालले पूर्वराष्ट्रसेवकसँग भएको दक्षतालाई राज्यको विभिन्न क्षेत्रमा प्रयोगमा ल्याउन सकिने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुखसचिव मुकुन्दप्रसाद निरौलाले केही कर्मचारीमा बसीखाने र बिगारी खाने प्रवृत्ति रहेकोले यसमा सुधार जरुरी रहेको बताउनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पूर्वराष्ट्रसेवकसँग भएका दक्षता र अनुभवलाई राज्यको आवश्यकताअनुसार पूरापुर सदुपयोग गर्न सकेको खण्डमा मुलुकले थप उपलब्धी हासिल गर्न सक्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*