दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न एमाले प्रदेश कमिटीको सिफारिस

बकैया दर्पण संवाददाता
६ फाल्गुन २०७९, शनिबार १३:३०

मकवानपुर । नेकपा (एमाले) प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै नेता एवं व्यवसायी प्रर्साईंसहित ८१ जनालाई कारबाही गर्न एमाले केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि प्रर्साईंलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् । प्रदेश कमिटीको बैठकमा ५ पटकसम्म अनुपस्थित हुने, स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई कारबाहीका लागि सिफारिस गरिएको एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*