बकैयाले मनायो वालमैत्री स्थानिय शासनयुक्त दोस्रो वार्षिक उत्सव

घोषणा पश्चातका समिक्षा तथा दिशा निर्देश कार्यक्रम
बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार १४:०१

मकवानपुर । बकैयाले वालमैत्री स्थानिय शासनयुक्त दोस्रो वार्षिक उत्सव मनाएको छ ।

बकैया गाउँपालिकालाई वालमैत्री गाउँपालिका घोषणा गरेको दोस्रो बर्ष पुगेको अबसर पारेर दोस्रो बार्षिक उत्सव मनाएको पालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनुभयो ।

दोस्रो बार्षिक उत्सवमा वकैया गाउँपालिकाका निवर्तमान अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला वोलखे र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलाई सम्मान गरिएको छ । उहाँहरुलाई वालमैत्री शासनयुक्त गाउँपालिका घोषणा गरेवापत गाउँपालिकाले सम्मान गरेको हो ।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख फटिकरमण प्याकुरलले वालवालिकाको हालको अवस्था जानकारी गराउनुभयो । उहाँले माघ २९ गते वालमैत्री घोषणा गर्दा ३९ सूचकलाई वलियो वनाएर वालमैत्री घोषणा गरेको बताउदै घोषणा पश्चात क्रियाकलापहरूलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले हाल ५१ वटा सूचकहरू रहेको जानकारी दिनुहुदै उक्त सूचकरूमध्ये १४ वटा बाल वचाउ सम्बन्धी, १० वटा बाल संरक्षण सम्बन्धी, ६ वटा बालविकास सम्बन्धी, ६ वटा बाल सहभागिता सम्बन्धी र १५ वटा संस्थागत विकास सम्बन्धी सूचक रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पालिकाका स्रोत शिक्षक नारायण चापागाईले विद्यालयमा वालवालिकाको अवस्थाको विषयमा जानकारी दिनुभएको थियो भने विष्णु प्रसाद चौवेले वालमैत्रीका समग्र जानकारी गराउन सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, जनप्रतिनिधिहरु, वालसञ्जालका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*