गणेश हुमागाई नेपाल शिक्षक संघ मकवानपुरको अध्यक्षमा निर्बिरोध निर्वाचित

बकैया दर्पण संवाददाता
२८ माघ २०७९, शनिबार १३:४९

मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुर जिल्ला समितिको अध्यक्षमा गणेशप्रसाद हुमागाई निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा अध्यक्षसहित पदाधिकारी र सदस्यहरु सबै जना निविरोध निर्वाचित हुनु भएको हो ।

हुमागाईं यसअघि शिक्षक संघ मकवानपुर जिल्ला समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । अध्यक्षमा निर्वाचित भएपछी अब शिक्षकहरुको समग्र हकहितका निम्ति आफु काम गर्न तयार रहेको अध्यक्ष हुमागाईले वताउनुभयो । सबैले योग्य ठानेर निर्विरोध निर्वाचित गरेसंगै शिक्षा क्षेत्र संगै शिक्षकहरुको लागि आफु अग्रसर भएर काम गर्ने वताउनुभयो ।

अधिवेशनले संघको उपाध्यक्षमा केशव प्रसाद देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, सचिवमा श्रीराम लुइटेल, सचिव अर्थमा धन बहादुर लामा, सह–सचिवमा राजु रेग्मी, सह–सचिव महिलामा निर्मला तिमल्सीना, सह–सचिव अर्थ महिलामा सुभद्रा लम्साल, सह–सचिब समावेशीमा मोहनराज लामालाई निर्विरोध चयन गरेको छ ।
यसैगरी संघको जिल्ला सदस्यहरुमा देवेन्द्र प्रसाद यादव, लक्ष्मी सिवाकोटी, तिर्थमाया कोईराला, रुपा कुमारी दहाल, धनन्जय प्रसाद यादव, ध्रुवराज विष्ट, गणेश धिताल र श्रीबहादुर राई चयन भएका छन् ।

यस्तै संघीय महाधिवेशन प्रतिनिधिहरुमा श्वेता कोइराला, सुभद्रा अधिकारी, राम कुमार अधिकारी, राजु प्रसाद गौतम, राजेश घिमिरे, शम्भु प्रसाद बतौला र प्रदेश अधिबेशन प्रतिनिधिमा इन्दीरा कुमारी लुईटेल, सकुन्तला कुमारी ब्लोन, रेवतीरमण पहाडी, रामसागर गुरागाई, ज्ञानेन्द्र बतौला, माधव प्रसाद गौतम निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*