बागमती प्रदेशसभाको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२६ माघ २०७९, बिहीबार ०९:४०

मकवानपुर । बैठक अपराह्न १ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको हो । उक्त बैठकमा प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालमा मौजुदा बैठकलाई सम्बोधन गर्ने प्रकृया अनुसार उक्त सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख भुवनकु्मार पाठकले जानकारी दिए । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*