सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार ११:११

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै पर्सि विश्वासको मत लिन तयारी भएको बताउनुभएको हो ।

यो सँगै विश्वासको मत लिने वा नलिने अन्योल हटेको उहाँको भनाई छ । ५३ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय एमालेका १०, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रापाका १ सदस्य छन् । बहुमत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । विपक्षमा रहेका नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*