बागमती प्रदेशका एकीकृत प्रादेशिक सेवा केन्द्र ११ स्थानमा, भिमफेदी दक्षिणकाली सडक व्यवस्थित बनाउने योजना

बकैया दर्पण संवाददाता
२३ माघ २०७९, सोमबार ११:४५

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा रहेका ११ वटा मन्त्रालयबाट प्राप्त गर्नु पर्ने सेवालाई प्रदेशका ११ स्थानमा एकीकृत प्रादेशिक सेवा केन्द्र सञ्चालन गर्ने गृहकार्य थालेको छ ।

दुई वा दुई भन्दा बढी जिल्ला समेटेर बनाइएका प्रादेशिक कार्यालयबाट सेवा प्राप्त गर्न कठिन भएको गुनासो स्थानीय तहका जनप्रतिनिधिबाट आएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १३ वटै जिल्लामा एकीकृत प्रादेशिक सेवा केन्द्र स्थापना गर्न लागिएको बताउनु भएको हो ।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार काठमाडौ उपत्यकाका तीन जिल्लाका लागि एउटा केन्द्र रहनेछ भने बाँकी प्रत्येक जिल्लामा एकीकृत सेवा केन्द्र सञ्चालन गरेर बागमती प्रदेशका ११ वटा मन्त्रालयबाट दिनु पर्ने सेवा दिन खोजिएको हो । कृषि,पर्यटन, सञ्चार, वन,उद्योगसँग सम्बन्धित कार्यालय प्रदेशको राजधानी बाहेकका जिल्लामा पनि रहे पनि नागरिकस्तरबाट गुनासो आएपछि ११ वटा स्थानमा एकीकृत प्रादेशिक सेवा केन्द्र सञ्चालन गर्न खोजिएको हो ।

ठमाडौ उपत्यका र प्रदेशको राजधानी हेटौडा पुग्ने सडकलाई प्रदेश सरकारले व्यवस्थित गर्ने भएको छ । प्रदेशबाट लिनु पर्ने सेवा लिन हेटौडा पुग्न कठिन भएको, प्रदेशको राजधानी हेटौडा अपायक परेको गुनासो आएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौडा,भिमफेदी, कुलेखानी, फाखेल, हुमाने दक्षिणकालीको सडकमा सञ्चालन हुने सवारी साधनलाई तीन महिना कान्तिपथबाट सञ्चालन गरी कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई व्यवस्थित बनाउने योजना बनाइएको बताउनु भएको छ । भौतिक पूर्वाधार मन्त्री युवराज दुलालसँग मुख्यमन्त्री जम्कट्टेलले छलफल गरेपछि नै यस्तो योजना बनाउनु भएको हो ।

६३ बर्ष अगाडि बनेको मकवानपुरगढी, ठिंगन,बागमती, भट्टेडाँडा, चापागाउँको सडकका अधिकाँश स्थानमा कालोपत्रे र ढलान भएको छ भने केहि ठाउँमा अझै कच्ची छ । बर्षातको वेला पहिरोको जोखिम भएपनि हिउँद समयमा उक्त सडकमा सवारी सञ्चालन गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*