भोलि बागमती प्रदेशसभाको बैठक बस्ने

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १९:१८

मकवानपुर । प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि माघ २३ गते अपराह्न १२ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जानकारी गराएका हुन् । आज बसेको प्रदेशसभा बैठकमा सभामुख पाठकले बागमती प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद् विस्तार तथा पुनगठन एवम् कार्यविभाजन सम्बन्धी पत्र पढेर सुनाएका थिए । सभामुख पाठकले आजको बैठकमा विशेष समय नरहेको व्यहार जानकारी गराउँदै शुन्य समयको प्रारम्भ गरेका थिए ।

बैठकको शुल्य समयमा सत्तापक्ष र प्रतिपक्ष गरी १७ जना प्रदेशसभाका सदस्यहरुले आ–आफ्नो क्षेत्रको समस्य समाधानको लागि सरकारलाई ध्यानाकर्षण गरी कार्यान्वयन गर्न आग्रह गरेका थिए । उनीहरुले किसानले उत्पादन गरेको मौसमी तरकारीलाई बजारबाट उचित मुल्य पाउन नसक्दा किसानले आर्थिक संकट व्यर्होन परेको उल्लेख गरे ।

उनीहरुले छिमेकी देशबाट आयात भई आएको तरकारीहरु बजारमा सस्तो मुल्यमा बिक्रीवितरण हुँदा कृषकले उत्पादन गरेको तरकारी स्थानीय उपभोक्ता समक्ष पु¥याउन नसकिएकोले प्रदेश सरकारले गम्भीर रुपमा संघीय सरकारमार्फत बाहिरबाट आउने तरकारीलाई नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए ।

त्यसैगरी, बैठकमा सांसदहरुले दोलखा जिल्लामा हालै भएको आगोलीबाट पीडित परिवारलाई उद्दार गरी राहतस्वरुप आर्थिक अनुदान उपलब्ध गराउन सरकारलाई गम्भीर भई सहयोग प्रदान गर्न आग्रह गरेका थिए । प्रदेशसभाका सदस्यहरुले काठमाडौं लगायत विभिन्न जिल्लामा सडकको विस्तार, मर्मत सम्हार र स्थानीय सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र पिउने पानी उपलब्ध गराउन गुरु योजना तर्जुमा गरी छिट्टै कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए ।

यस्तै, बैठकमा प्राकृतिक सम्पदा एवम् वन क्षेत्रलाई संरक्षण गर्न स्थानीय निकायलाई सशक्त प्रभावकारी ढंगबाट परिचालन गर्ने र अनियमित जंगल पडानी गर्ने व्यक्तिहरुलाई दण्डित गर्नुका साथै बृक्षारोपणको अभियानलाई प्रत्यक घरदैलोमा पुर्याउन जनपरिचालन गर्न सरकारसँग माघ गरेका थिए ।

उक्त बैठकको शुन्य समयमा नेकपा एमालेबाट अमनकुमार मास्के, उर्मिला सुनुवार, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, प्रेमभक्त महर्जन, भरतबहादुर केसी, भारती कुमारी पाठक, नेकपा माओवादीबाट इश्वर सापकोटा, उर्मिला कुमारी लामा, कांग्रेसबाट उत्तम जोशी, कुन्दनराज काफ्ले, कृष्णकुमार तामाङ, गीता गुरुङ, गोबिन्द लम्साल, राप्रपाबाट आशा लामा, कुमारी तामाङ र नेमकिपाबाट गीता काफ्लेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यस्तै, बैठकमा प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम १३ बमोजिमसभामुख र उपसभामुखसहित १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको र सोही बैठकले उक्त समितिलाई अनुमोदन समेत गरेको थियो । यस्तै, सोही बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेशन प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*