पत्रकारलाई सबै क्षेत्रबाट सहयोग गर्ने यातायात मन्त्री श्रेष्ठको प्रतिबद्धता

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १०:४२

मकवानपुर । प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसका अवसरमा आज हटौंडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाइएको छ । प्रेस चौतारी मकवानपुरको आयोजनामा सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री तथा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पत्रकार र पत्रकारिता क्षेत्रलाई हरेक क्षेत्रबाट सहयोग गर्ने पूतिबद्धता जनाउनुभयो । अहिलेको अवस्थामा कुनै पनि व्यावसायहरु कमजोर हुदै गएको अवस्थामा पत्रकारिता क्षेत्रमा पनि समस्या शृजना भएको उहाँले वताउनुभयो । पत्रकारहरुले मन्त्री र सरकारलाई खुइल्याउने मात्र भन्दा पनि रचनात्मक सुझाब र सहयोग गर्न आग्रह गर्नुभयो । यातायात कार्यालयहरुमा हुँदे आएको समस्या र बिचौलीयाको समस्या हटाएरै छाड्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुब अधिकारीलगायतले मन्तब्य ब्यक्त गर्नुभयो ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिब तथा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, पार्टीका उपसचिब तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, पत्रकार महासंघका महासचिब कृष्ण सारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकाश दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*