ढकाल मुख्यमन्त्री जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

बकैया दर्पण संवाददाता
१७ माघ २०७९, मंगलवार १५:४०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनितिक सल्लाहकारमा देबिप्रसाद ढकाल नियुक्त भएका छन् ।

भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्री सो सरह सेवा सुविधा रहने गरी मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनितिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

यसअघि मुख्यमन्त्रीले कानूनी सल्लाहकार नियुक्त गरेसकेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ढकाल पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत हुन् ।

ढकालले यसअघि अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*