हेटौंडामा मेला : रमेशराज भट्टराई, मञ्जु पौडेल र सीता न्यौपाने आउने

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १०:०६

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज आइतबार रमेशराज भट्टराई, मञ्जु पौडेल, सीता न्यौपाने आउने भएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज रमेशराज भट्टराई, मञ्जु पौडेल, सीता न्यौपानेले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् । यसअघि शनिबार कमेडियन राजा राजेन्द्र पोखरेल, गायिका टिका प्रसाई र गायक किरण भुजेलले बजोड प्रस्तुती दिएका थिए ।

सोमबार भने गायक टंक बुढाथोकी, अशोक दर्जी, सहिमा श्रेष्ठ, अस्मिता पुरी (बेली डान्सर) को प्रस्तुती रहनेछ । साथै स्थानीय कलाकारहरुको समेत आफ्नो कला प्रस्तुती रहने जनाइएको छ । माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*