ज्ञानेन्द्र नेपाल बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

बकैया दर्पण संवाददाता
१२ माघ २०७९, बिहीबार १९:१४

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई आज नियुक्त गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*