नवनियुक्त मन्त्रीहरुलाई एमाले मकवानपुरद्वारा स्वागत तथा सम्मान

बकैया दर्पण संवाददाता
१२ माघ २०७९, बिहीबार १९:१२

मकवानपुर । नेकपा एमाले मकवानपुरले बागमती प्रदेशमा एमालेको तर्फबाट मन्त्रीमा नियुक्त भएकाहरुलाई स्वागत तथा सम्मान गरेको छ । एमाले मकवानपुरले बिहीबार एक कार्यक्रमबीच एमालेबाट मन्त्री बनेका तीन जनालाई स्वागत तथा सम्मान गरेको हो । मकवानपुरका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकास मन्त्री केशब प्रसाद पोख्रेललाई खादा र माला लगाएर सम्मान गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, हरि बहादुर महत, जिल्ला सचिव नविन सिग्देललगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*