बागमतीकाे मन्त्रिपरिषद् विस्तार : मकवानपुरबाट २ जना मन्त्री

कुमारी मोक्तान सामजिक विकास मन्त्री र एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री
बकैया दर्पण संवाददाता
११ माघ २०७९, बुधबार १५:३५

मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएसँगै सरकारले पूर्णता पाएकाे छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।

साथै उहाँले सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् । जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बन्नुभएकाे छ ।

त्यस्तै एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बन्नु भएकाे हाे ।

त्यस्तै राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् । बुधबार नियुक्त भएका मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*