आज देखि तीन दिन बकैयामा सार्वजनिक बिदा

बकैया दर्पण संवाददाता
७ माघ २०७९, शनिबार ११:०७

मकवानपुर । मकवानपुरकौ बकैया गाउँपालिकाले आज देखि लागू हुने गरी तीन दिन सार्वजनिक बिदा दिएको छ । शनिबार, आइतबार पनि सार्वजनिक विदा र ९ गतेका लागि समेत गरेर तीन दिन सार्वजनिक बिदा दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले ल्होसार पर्वको अवसरमा माघ ७, ८ र ९ गते पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

दुई दिनको सार्वजनिक विदामा समेत फेरी गाउँपालिकाले पनि एक दिन थप गरेर विदा दिइएको हो । तामाङ समुदायको सोनाम ल्होसार पर्व परेकोले गाउँपालिका ल्होसार मनाउन ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकाका निमित्त कार्यकारी अधिकृत मिलन दुलालले एक सुचना प्रकाशित गर्दै सोनाम ल्होछारको अवसरमा तिन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मकवानपुर जिल्ला तामाङ समुदाय बाहुल्य जिल्ला हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*