कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १५:५८

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा शर्मालाई २५ सांसदको मत प्राप्त भएको हो।

४० सदस्यीय प्रदेशसभामा पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो। मुख्‍यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् । यस्तै नेकपा माओवादी केन्द्रको १३, एमालेको ९, नेकपा एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरी २५ मत प्राप्त गरेका हुन्। नेपाली कांग्रेसका १४ सांसदले भने विपक्षमा मतदान गरे।

मुख्यमन्त्री शर्माले नियुक्त भएको १०औँ दिनमा विश्वासको मत लिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*