शीतगङ्गा नगरपालिका विभाजन गर्ने, नगर्ने बारे मत बाझियो

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १०:४७

मकवानपुर । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकालाई विभाजन गर्ने कि विशेष क्षेत्र बनाउने भन्ने विषयमा दुई मत देखिएको छ । शीतगङ्गा देशकै सबैभन्दा ठूलो नगरपालिका हो । शीतगङ्गा नगरपालिकालाई विभाजन गर्नुपर्ने मत पछिल्लो समय आइरहेका छन् । त्यस क्षेत्रको विकासका लागि नगरपालिका विभाजन गरेर गाउँपालिका बनाउनुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले बताउनुभयो ।

घिमिरेले शीतगङ्गा भौगोलिग दृष्टिकोणले देशको सबैभन्दा ठूलो नगरपालिका भए पनि बजेट भने अर्घाखाँचीका अन्य पालिका सरह नै आएको बताउँदै त्यसले यस क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो । तर नगरप्रमुख छविलाल पौडेल भने शीतगङ्गालाई विषेश क्षेत्र बनाउने पहिलो प्राथमिकता रहेको बताउनुहुन्छ । पौडेलले सर्वदलीय बैठक बसेर विशेष क्षेत्र बनाउने विषयलाई प्राथमिकता दिने निष्कर्ष निकालेको भन्दै पालिका फुटाउनु परे त्यसका कानुनी प्रक्रिया पुरा गर्नु पर्ने भएकाले तत्काल त्यो सम्भव नरहेको बताउनुभयो ।
यस्तै नगर उपप्रमुखसहितको पक्षले भूगोल ठुलो भएकोले पालिकालाई दुई वा तीन पालिकामा पुनः संरचना गर्ने विषय नगर सभाको पहिलो एजेन्डा बनाउनुपर्ने माग राखेका छन् । शीतगङ्गा नगरपालिकामा हाल १४ वडा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*