मकवानपुरका सिंह राज्यमन्त्री बन्ने

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार १२:०३

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुने भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नंबर १ बाट निर्वाचित सांसद दिपकबहादुर सिंह राज्यमन्त्री बन्ने हुनुभएको छ ।

राप्रपाबाट उनी सहरी विकास राज्यमन्त्री बन्नेहुनुभएको हो । सत्तारुढ दलले मन्त्रालय भागवण्डा टुंगो लगाएसँगै सिंहले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्ने हुनुभएको हो । यस अघि सिंह मुख्य सचेतक बन्ने चर्चा रहेको थियो । तत्कालिन सत्ता गठवन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय डिना तथा नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै सिंह मकवानपुर–१ बाट निर्वाचित हुनुभएको थियो।

यस्तै, लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने हुनुभएको छ । ध्रुवबहादुर प्रधान कानून न्याय तथा संसदीय मामिला मन्त्री र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको हो ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन् । राप्रपाले प्रत्यक्ष चुनाव जितेकाहरूलाई मन्त्री बनाउन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*