आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री

बकैया दर्पण संवाददाता
३ माघ २०७९, मंगलवार ११:१०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मंगलबार विश्वासको मत लिन लाग्नुभएको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार दिउँसो साढे १२ बजे मुख्यमन्त्रीको विश्वासको मतको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । उहाँलाई नेकपा (एमाले) को २७, नेकपा (माओवादी केन्द्र) को २१, राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी) को ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन रहेको छ । प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र तीन सिट रहेको नेपाल मजदुर किसान पार्टीले भने जम्मकट्टेललाई समर्थन दिएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*