बागमती प्रदेशसभाको बैठक : ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान

बकैया दर्पण संवाददाता
२ माघ २०७९, सोमबार १९:०७

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको छ । बैठकले तत्कालिन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रीपरिषद्ले जारी गरेको ५ वटा अध्यादेशलाई संशोधन गर्न स्वीकृती प्रदान गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशको आज अपराह्न बसेको पहिलो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उक्त अध्यादेशलाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश निजामति सेवा गठन, संचालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवा गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।

यस्तै, उनले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धी अध्यादेश २०७९ लाई स्वीकृती प्रदान गर्न प्रस्ताव टेबुल गरेका हुन् ।

बागमती प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न साढे १२ बजे बस्ने प्रदेशसभाका सभामुख पाठकले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*