राप्रपा सांसद पाठक बागमती प्रदेशसभा सभामुखमा विजयी

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १४:०१

मकवानपुर । बागमती प्रदेश सभामुखमा भुवन पाठक विजयी हुनुभएको छ । पाठकले १ सय १० कुल सांसद मध्य ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी हुनुभएको हो । राप्रपाका सांसद पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थन रहेको थियो ।

सभामुखका उम्मेदवार नेपाली कांग्रेसका शिवराज थापालाई ३६ मत प्राप्त गर्नुभएको थियो भने सभामुखका अर्का उम्मेदवार सृजना सायजूले ३ मत मात्र प्राप्त गर्नुभएको छ।

निर्वाचित सभामुखको आजै सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

मतदान कार्यक्रममा नेपाली कांग्रेसका एकजना सांसद अनुपस्थित रहेका थिए । एकिकृत समाजवादीका सांसदहरुले भने कसैलाई पनि मतदान गरेनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*