सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव पेश

बकैया दर्पण संवाददाता
२९ पुष २०७९, शुक्रबार १३:११

मकवानपुर । बागमती प्रदेशको सभामुख निर्वाचनको लागि ३ वटा प्रस्ताव सभामा पेश भएको छ । सभामा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएको सृजना सायजुलाई सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्ताव सांसद सुरेन्द्रराज गोसाईले सभामा पेश गर्नुभएको छ ।

उहाँले समग्र मजदुर र किसान वर्गको हितको निमित्त एक मतले सभामुख पदमा सृजना सायजुलाई निर्वाचन गर्न प्रस्ताव पेश गर्नुभएको हो । यस्तै सृजना सायजुलाई सांसद गिता काफ्लेले समर्थन गर्नुभएको छ । त्यसैगरी, नेपाली कांग्रेसका शिवराज अधिकारीलाई सभामुख पदमा निर्वाचित गर्न सांसद कुन्दनराज काफ्लेले प्रस्ताव पेश गर्नुभएको छ । उहाँको समर्थनमा सांसद रामकृष्ण चित्राकार रहनु भएको छ ।

त्यसैगरी, सत्ता पक्षको तर्फबाट राप्रपाका भुवन पाठकलाई सभामुखमा निर्वाचित गरियोस् भनेर नेकपा एमालेका जगन्नाथ थपलियाले प्रस्ताव पेश गर्नुभएको छ । उहाँलाई सांसद युवराज दुलालले समर्थन गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*